जिल्ला शिक्षा कार्यालय संखुवासभाले आ व २०७२/७३ मा गरेका नयाँ प्रयत्न र प्रयासहरु २०७३
प्रकाशित मिती: २०७३।०४।२०
१.यस जिल्लाले हाल सम्म हासिल गरेका उपलब्धिहरु
· जिशकामा प्राप्त हुने सवै किसिमका कार्यक्रमहरुको बारेमा सरोकारवाला तथा पत्रकारहरुलाई अभिमुखीकरण गर्ने गरिएको ।
· PMEC लाई कार्यक्रम सञ्चालनको प्रमुख आधार वनाउन सकिएको ।
· सवै सामुदायिक विद्यालयका शिक्षकहरुको वैङ्क मार्फत तलवभत्ता भुक्तानीको व्यवस्था मिलाईएको ।
· विद्यालयहरुको निकासा विवरण शिर्षकगत रुपमा किटान गरी उपलव्ध गराउने गरिएको ।
· Student Tracking को अद्यावधिक गर्ने कार्यलाई अनिवार्य गरिएको ।
· विद्यालयहरुमा सामाजिक परीक्षण कार्यको सफल कार्यान्वयन ।
· सवै विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको गठन तथा जिल्लामा जिल्ला शिक्षा समितिको गठन गरिएको साथै शिक्षा ऐन २०२८(संशोधन सहित) को नयाँ व्यवस्था अनुसार उल्लेखित समितिहरुको गठन प्रक्रिया समेत अगाडि बढाउने कार्य भएको ।
· वार्षिक परीक्षा पश्चात विद्यालयगत रुपमा र स्रोतकेन्द्रस्तरमा कक्षागत, विषयगत स्रोतकेन्द्रगत रुपमा नतिजा विश्लेषण गरी लक्ष्य निर्धारण र लक्ष्य प्राप्तिका लागि विद्यालय, स्रोतकेन्द्रहरुलाई योजना बनाउन लगाईएको ।
· दरवन्दी मिलान तथा शिक्षक व्यवस्थापनको कार्यलाई निरन्तरता दिईएको ।
· चौमासिक रुपमा निकासाको विवरण स्रोतकेन्द्र मार्फत विद्यालयहरुलाई दिइने गरेको ।
· स्रोतव्यक्ति, वि.नि.हरुलाई अनुगमन योजना निर्माण गर्न लगाई सो अनुसार कार्यान्वयन गरिएको।
· केन्द्रवाट निर्धारित वार्षिक कार्यक्रमहरु समयमा नै सम्पन्न गरिएको ।
· जिल्लामा भौतिक निर्माण लगायत सवै पक्षको ७०.२८% वेरुजू फछेर्यौट गरिएको ।
· जिल्लाका सबै विद्यालयहरुको लेखापरीक्षण सम्पन्न गरिएको ।
· स्थानीय एफ.एम., पत्रपत्रिका तथा सरोकारवालाहरुसंगको सहकार्यवाट कार्यक्रमलाई पारदर्शी रुपमा कार्यान्वयन गर्ने प्रयास गरिएको ।
· गुनासो सुनुवाईका लागि उजुरी पेटिकाको व्यवस्था, नागरिक वडापत्रको व्यवस्था, विभिन्न कार्यक्रमका फोकल पर्सनको नियुक्ति र सूचना अधिकारीको किटान गरिएको ।
· जिशिकाका सूचनाहरुलाई प्रवाहित गर्नका लागि वेभसाईट www.deosankhuwasabha.gov.np र इमेल deosankhuwasabha@gmail.com को व्यवस्था गरिएको ।
· विभिन्न शैक्षिक मुद्दा तथा समसामयिक विषयमा रेडियो तथा पत्रपत्रिकासँग वृहत छलफल तथा अन्तक्रिया गरिएको ।
२ समस्या तथा चुनौतीहरु
१ सामुदायिक विद्यालयहरुको व्यवस्थापन समूदायमा हस्तान्तरण गर्ने कार्यमा सरोकारवालाको पुर्ण
विश्वास जित्न नसकिएको।
२ जनशक्तिको कमीका कारण जिल्लाका सबै प्रकारका विद्यालयहरुमा पुगी शैक्षणिक सुपरीवेक्षण तथा भौतिक अवस्थाको निरीक्षण गर्न नसकिएको ।
३ कार्यालयमा भएका कम्प्यूटर, फ्याक्स,फोटोकपी आदिको मर्मत संभारमा आर्थिक वोझ वढीभै समस्या रहेको ।
४ जिल्ला शिक्षा कार्यालयको भवन सानो र पुरानो संरचना भएकोले कामकार्यवाहीमा असहजता भएको ।
५ अनौपचारीक शिक्षालाई मागको रुपमा लिएर निरक्षरलाई आधारभुत साक्षरता कक्षामा समावेश गरी जिल्लाको साक्षरता दरमा वृद्धि गर्न,
६ न्यून दरवन्दी भएका कारण निम्नमाध्यमिक तथा माध्यमिक तहमा विषयगत रुपले शिक्षक व्यवस्थापन गर्न नसकिएको ।
७ उच्च माध्यमिक तहको शिक्षालाई विद्यालयको संरचना भित्र ल्याई सघन सुपरीवेक्षण गर्न नसकिएको।
८ एसएलसी लगायत सवै तहको उत्तीर्ण दरमा वृद्धि गर्न,
९ कक्षा दोहोर्याउने दर र कक्षा छाड्ने दरमा कमी ल्याउन,
१० शैक्षिक तथ्याङ्कलाई व्यवस्थित र भरपर्दो वनाउने Student Tracking लाई सजिलै अद्यावधिक गर्न नसकिएको ।
११ विद्यालयहरुलाई प्रदान गरिएका विविध कार्यक्रमहरुको समयमै कार्यसम्पादन गराउन नसकिएको।
१२ न्यून बजेट भएका कारण भौतिक सुधारका कार्यक्रमहरु यथा समयमा सम्पन्न गर्न नसकिएको ।
१३ जिशिकामा स्वीकृत दरवन्दी अनुसार कर्मचारी पदपूर्ती नभएको हुँदा तोकिएका कार्यहरु यथासमयमा सम्पन्न गर्न कठिन भएको ।
१४ कार्यालयको आफ्नै ग्यारेज नभएकोले गाडी पार्किङमा समस्या भएको ।
१५ विद्यालयहरुलाई इन्टरनेटको संञ्जाल भित्र आवद्ध गर्न नसकेकोले सूचना आदानप्रदानमा कठिनाइ भएको ।
३. समग्र समस्या समाधानका लागि भएका प्रयासहरु
· जिल्ला स्थित संवाद समिति मार्फत समस्या माथि छलफल गरी निकासका लागि जिल्ला शिक्षा समितिमा लैजाने गरेको,
· शैक्षणिक र शिक्षक सँग सम्वन्धित विषयमा शिक्षकका पेशागत संस्था सँग छलफल गरी समस्याहरुको निराकरण गर्ने गरिएको,
· आवश्कता र विषयको प्रकृति अनुरुप जिल्लाका राजनैतिक दलसँग समेत छलफल गरी कानुनी उपायवाट समस्याका निराकरण भएका छन् ,
· विषयगत समस्यामा विषयगत नै समिति (जिल्ला अनौपचारिक शिक्षा समित, जिल्ला पाठ्यक्रम समन्वय समित आदी) वाट छलफल भै निर्णयमा पुग्ने गरिएको ,
· माथिल्लो निकायवाट आदेश मागी सोही वमोजिम गर्ने गरिएको,
· स्टाफ वैठक तथा स्रोतव्यक्तिको मासिक वैठकमा छलफल गरी उपर्युक्त समाधान गर्ने गरिएको,
· जिविस लगायत स्थानीय निकाय र जिल्लाका सरकारी तथा गैरसरकारी संस्था समेतको सहयोगमा कार्य सम्पादन गर्ने गरिएको ।
· विभिन्न शैक्षिक मुद्दा तथा समसामयिक विषयमा रेडियो तथा पत्रपत्रिकासँग वृहत छलफल तथा अन्तक्रिया गरिएको ।
४. जिल्ला शिक्षा कार्यालयय सङुवासभावाट शैक्षिक सुधारका लागि भएका केही प्रयास र प्रयत्नहरु
१ सबै सामुदायिक विद्यालयहरुमा विद्यालयको साइनवोर्ड, राष्ट्रिय झण्डा, विद्यालयको झण्डा, विद्यार्थीको सदन विभाजनको झण्डा राख्न लगाएको एवं र शिक्षक पोशाकलाई अनिवार्य वनाइएको ।
२ विद्यालय समयलाई अनिवार्य वाइएको साथै शुक्रबार पाठ्यक्रममा तोकिए बमोजिमको अवधिभर पठनपाठन गरी बाँकी समयमा अतिरिक्त कृयाकलाप संचालन गर्ने व्यवस्था मिलाईएको ।
३ विद्यालयमा सम्पादित गतिविधिहरुलाई सुशासनको सिद्धान्त अनुरुप सहभागितामूलक, पारदर्शी एवं विधिसम्मत रुपमा संचालन भएको सुनिश्चितताको लागि विद्यालयमा हुने अभिभावक बैठक, शिक्षक स्टाफ बैठक, विव्यस बैठक, शिअसंघको बैठक, व्यववस्थित लेखा प्रणाली, सामाजिक परीक्षण एवं अन्तिम लेखा परीक्षण जस्ता कार्यलाई विद्यालय संचालन र व्यस्थापनको मुख्य आधार वनाईएको ।
४ अधिकारमा आधारित शिक्षा र बालमैत्री शिक्षण सिकाइको अवधारणा कार्यान्वयको वातावरण विद्यालय तहवाट हुनु पर्ने र प्रत्येक प्राथमिक तहमा पाठ्यपुस्तक, पाठ्यक्रम, शिक्षक निर्देशिका र अन्य आवश्यक सन्दर्भ सामग्री सहितको कम्तिमा एक पटकमा २० जना बालबालिकाहरुले सहज रुपमा प्रयोग गर्न सक्ने अवस्थाको पुस्तकालयको व्यवस्था गर्न विद्यालयलाई प्रेरित गरिएको।
५ जिल्ला शिक्षा कार्यालय सङखुवासभावाट आई.सि.टी. (ICT) कार्यक्रम प्राप्त गर्ने सबै विद्यालयहरुले कम्प्युटर प्रविधिलाई शिक्षण सिकाइ र विद्यालयको अभिलेख व्यवस्थापनमा प्रयोग गर्नु पर्ने, प्रत्येक विद्यालयले आफ्नो इमेल आइ. डि. (E-mail ID) खोली जि. शि. का. लगायत अन्य निकायसँग सम्पर्क गर्दा विद्युतीय माध्यम प्रयोग गर्नुपर्ने र विद्यालयहरुले सम्पादित कार्यहरु website मार्फत सार्वजनिक गर्नु पर्ने साथै ICT कार्यक्रम प्राप्त गर्ने विद्यालयहरुले अनिवार्य रुपमा चिठी पत्र लेख्दा कम्प्युटर उपयोग गर्नु पर्ने व्यवस्थालाई कढाइका साथ लागु गरिएको।
६ जिल्लास्तरीय तथा स्रोतकेन्द्रस्तरीय प्र.अ. बैठकमा प्रधानाध्यापक स्वयं उपस्थित हुनुपर्ने व्यवस्थालाई कढाईका साथ लागु गरिएको।
७ कक्षा ९ - १२ को पठनपाठन एउटै सिफ्ट (दिवा समयमा १० देखि ४ बजेको अवधि) मा संचालन गर्नु पर्ने तर भौतिक पूर्वाधारको अभावमा एउटै सिफ्टमा संचालन हुन नसक्ने अवस्थामा मात्र निश्चित अवधिको लागि जिल्ला शिक्षा समितिको पूर्व स्वीकृती लिएर अन्य समयमा संचालन गर्न गरी व्यवस्था मिलाईएको । ।
८ जिल्ला अन्तर्गतका किमाथाङ्का, हटिया, चेपुवा, मकालु र पावाखोला लगायतका गाविसमा पर्ने विद्यालयहरुको विदा गर्ने विषयमा एकरुपता नभएकोले सो क्षेत्रका विद्यालयहरुले आषाढ महिनामा बढिमा १५ दिन र माघ महिनामा ३० दिन विदा गरी फागुन १ गते देखि विद्यालय संचालनमा ल्याई चैत्र महिनामा अन्य विद्यालयहरु सरह वार्षिक परीक्षा संचालन गर्नु पर्ने छ । निम्न माध्यमिक तह ( कक्षा ८) उत्तीर्ण परीक्षा समितिले कायम गरेको परीक्षा केन्द्रमा नै परीक्षा संचालन गर्नु गराउनु पर्नेछ । विभिन्न वाहना गरी नीति नियम विपरित अन्य स्थानमा आफू खुसी परीक्षा लिएको पाइएमा त्यसको जिम्मेवारी एवं जवाफदेही प्रधानाध्यापक स्वयं हुनुपर्ने ।
९ विभागीय स्वीकृति बिना (शिक्षा नियमावलीको नियम १३३ (ज) बमोजिमको स्वीकृति नलिई) शिक्षक तथा प्र.अ. ले कार्यरत विद्यालय बाहेक अन्यत्र काम गर्न नपाउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याइएको ।
१०सामुदायिक विद्यालयका सबै प्रधानाध्यापकहरुले शैक्षिक सत्र २०७२ मा निर्माण गरेको ५ वर्षे विद्यालय सुधार योजनालाई प्रत्येक वर्ष अद्यावधिक गर्दै लैजानु पर्ने साथै प्रधानाध्यापकलाई अनिवार्य रुपमा विद्यालय विकास योजना (SDP) निर्माण गर्न लगाई कार्यन्वयनमा ल्याईएको।
११विद्यालयहरुले अनिवार्य रुपमा विद्यालयको वार्षिक उत्सव मनाउनु पर्ने र सो अवसरमा विद्यालय स्थापना , संचालन र विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुप्रति श्रद्धा र सम्मानका विभिन्न कार्यक्रमहरुको आयोजना गर्नुपर्ने साथै उक्त कार्यक्रम गर्दा स्थानीय तहमा उत्पादन हुने बस्तुहरुलाई प्रोत्साहन दिनु पर्ने कार्यलाई अनिवार्य गरिएको ।
१२ विद्यालय तहमा वालबालिकाहरुको चौतर्फि विकासको लागि सञ्चालन हुने बाल क्लब, सदन विभाजन, जुनियर रेडक्रस सर्कल र नेपाल स्काउट जस्ता वालवालिकाहरुको सहभागितामा संचालन हुने कार्यक्रमलाई उच्च प्राथमिकता दिई संचालनमा ल्याइएको ।
१३ शिक्षकहरुको मूल्याङ्कन आफूले पठनपाठन गराएको विषयमा विद्यार्थीले प्राप्त गरेको सिकाइ उपलब्धिको आधारमा हुने व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको साथै वार्षिक परीक्षाफल विश्लेषण गरी विद्यार्थीले प्राप्त गरेको उपलब्धिको आधारमा शिक्षक पुरस्कार एवं प्रोत्साहन गर्ने कार्यको सुरुवात गरिएको ।
१४ विद्यालयहरु विभिन्न कारणले बन्द भइ तोकिए बमोजिम वार्षिक १९२ दिन पठनपाठन हुन नसकेको अवस्थामा सुधार गर्न र बन्दको प्रभावबाट विद्यालयलाई मुक्त राख्न तथा विद्यालय शान्तिक्षेत्रको अवधारणा कार्यान्वयनमा ल्याइएको ।
१५ नेपाल सरकारको निर्णय वाहेक अन्य व्यक्ति विशेषको शोक मनाउँदा विद्यालय बन्द गर्ने परम्परागत शैलीलाई परिवर्तन गरी व्यक्तिको योगदानको चर्चा, भित्ते पत्रिका लेखन, सरसफाइ, कविता वाचन, शोकाकुल परिवारजनलाई शान्ति र धैर्य धारणको लागि पत्र लेखन जस्ता वैकल्पिक शैलीहरुको अवलम्वन गर्दै पठनपाठनलाई निरन्तरता दिने कार्यलाइ कढाईका साथ कार्यन्वयनमा ल्याइएको ।
१६ विद्यालयलाई उपलब्ध शौचालयहरु पूर्णरुपमा प्रयोगमा ल्याउने र विद्यालयको हाताको निरन्तर सरसफाइ गर्ने सथै प्लाष्टिक जन्य फोहरमैला मुक्त सफा विद्यालय घोषणाको अवधारणा कार्यन्वयनमा ल्याईएको ।
१७ स्थायी नियुक्ति भएको शिक्षकले नियुक्ति पाएको मितिले ३ महिना भित्र शिक्षा नियमावली २०५९ को संशोधन सहितको अनुसुची १६ मा भएको व्यवस्था बमोजिमको ढाँचामा वैयक्तिक तथा नोकरी विवरण फारम भरी जिशिकामा पेश गर्नु पर्ने ।
५. जिल्ला शिक्षा कार्यालय सङखुवासभावाट भएका राम्रा अभ्यासहरु
Ø एस एल सी परीक्षा २०७२ को नतिजा सुधारको लागि प्रअहरुसंगको अन्तरकृया छलफल एवं विद्यालयहरुमा तयारी कक्षा संचालन ।
Ø विद्यालय संचालन तथा व्यवस्थापन सुधारका लागि माथिल्लो निकायवाट प्राप्त एवं ऐन नियमको नीतिगत व्यवस्थाको कार्यान्वयनको लागि जिल्लाका सवै सामुदायिक विद्यालयहरुलाई २८ वुंदे निर्देशन परिपत्र ।
Ø वार्षिक शैक्षिक कार्ययोजना सहितको शैक्षिक क्यालेण्डर २०७३ प्रकाशन र वितरण ।
Ø सिकाइ उपलब्धिमा सुधार गर्न स्रोतकेन्द्र स्तरमा छलफल एवं अन्तर्क्रिया कार्यक्रम संचालन ।
Ø जिल्लाका सम्पूर्ण बाल विकास केन्द्रहरुको सूचना अद्यावधिक गर्ने काम सम्पन्न ।
Ø विद्यालयले भर्ने Flash I र II को सम्पूर्ण विवरणलाई Software मार्फत् EMIS System मा समावेश ।
Ø विषयगत एवं कक्षागत शैक्षिक उपलब्धि विश्लेषण एवं प्रकाशन ।
Ø ICT कार्यक्रम प्राप्त गर्ने विद्यालयहरुबाट प्राप्त हुने चिठ्ठिपत्र कम्प्युटर प्रिन्ट हुनु पर्ने अनिवार्य व्यवस्था गरिएको।
Ø स्रोतव्यक्तिहरुलाई अन्तर स्रोतकेन्द्र सरुवा गरिएको
Ø विद्यार्थी संख्या कम भएका ५ वटा विद्यालयहरुलाई नजिकको विद्यालयमा समायोजन गरिएको र १ वटा प्राथमिक तहलाई अर्को विद्यालयमा समायोजन गरिएको ।
Ø जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा विद्यार्थी प्रमाणिकरण गरी सोही आधारमा विद्यालय समायोजन छात्रवृत्ति लगायत अन्य सेवा सुविधा वितरण गरिएको ।
Ø विद्यार्थी प्रमाणिकणवाट प्राप्त तथ्याङको आधारमा न्यून विद्यार्थी संख्या भएका २७ प्राथमिक विद्यालयवाट १/१ शिक्षक दरबन्दी कटौति गरी विद्यार्थी अनुपात वढी भएका र न्यूनतम शिक्षक दरबन्दी नभएका १५ वटा निमावि १० वटा मावि र अन्य २ प्राथमिक विद्यालयमा शिक्षक थप गरिएको ।
Ø यस शैक्षिक सत्रमा धेरै विद्यालयहरुबाट कक्षा थप साथै नयाँ विद्यालकय अनुमतिका लागि माग भएता पनि विद्यालायहरुको संख्यात्मक अवस्था एवं विद्यालयलले पुर्याउनु पर्ने मापदण्ड समेतको आधारमा १ र ६ कक्षा संचालनको दुईवटा विद्यालयहरुलाई मात्र अनुमति प्रदान गरिएको ।
Ø सामुदायिक विद्यालयमा दाताहरुले राखेको छात्रवृत्ति अक्षयकोषको विवरण संकलन एवं प्रकाशनको साथै छात्रवृति व्यवस्थापन समितिद्वारा छात्रवृतिकोष परिचालनको व्यवस्था ।
Ø शैक्षिक सूचनाहरुलाई संकलन तथा प्रसारणका निमित्त LED को प्रयोग शुरु गरिएको ।
