समाचार बिस्तारमा
खाँदवारी नगरपालिकालाई मिति २०७३ बैशाख १९ गते माननिय शिक्षा मन्त्रि गिरिराजमणि पोखरेलको प्रमुख आथित्यमा साक्षर नगर घोषणा गरियो ।
नेपाल सरकारले युनेस्कोले राखेको प्रावधानलाई नै आधार मानि ९५ प्रतिशत भन्दा वढी साक्षरता भएका गाँउ, नगर तथा जिल्लालाई साक्षर गाँउ, नगर वा जिल्ला घोषणा गर्ने नीति लिए अनुरुप आव २०६५/ ०६६ देखी अनौपचारिक शिक्षा केन्द्रद्वारा सञ्चालित राष्ट्रिय साक्षरता अभियान, आव २०६९/७० देखी सञ्चालित साक्षर नेपाल अभियानका साथै शैक्षिक सत्र २०७१ मा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई परिचालन गरि सञ्चालन गरेको साक्षरता अभियान कार्यक्रमका आधारमा सङ्खुवासभा जिल्ला स्थित खाँदवारी नगरपालिका भित्रका १५ देखी ६० बर्ष उमेर समूहको जनसङ्ख्या मध्ये ९५ प्रतिशत भन्दा बढीलाई साक्षर गराउन सफल भई यहि मितिः २०७३ बैशाख १९ गते साक्षर नगर घोषणा गर्न सफल भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रमा शिक्षा विभागका महानिर्देशक खगराज बराल, विद्यालय शिक्षक कितावखानका महानिर्देशक शेरवहादुर ढुङ्गानाका साथै शिक्षा क्षेत्रमा सरोकित सम्वन्धित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु स्थानिय बुद्धिजिबिहरु लगाएत शिक्षक विद्यार्थी अभिभावक सामुदायिक अध्ययन केन्द्रका पदाधिकारीहरु लगाएत ठुलो सङ्ख्यामा उपश्थिति रहेको थियो । खाँदवारी नगरपालकाको आयोजनामा सम्पन् उक्त कार्यक्रमको अध्यक्षता खाँदवारी नगरपालिकाका कार्यकारी अधिकृत श्री ऋषिकेश निरौलाले गर्नु भएको थियो ।
परिपत्र तथा सूचना
- मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृत र सहायक कर्मचारीहरुको नामावली प्रकाशन भएको जानकारी
- स्टुडेन्ट ट्याकिङ्ग जिल्ला शिक्षा कार्यालयमा वुझाउने सम्बन्धी सूचना
- मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जारी भएको मतदान अधिकृत र सहायक कर्मचारीहरुको संशोधित नामावली
- पी एम टी फाराम भराउने सम्बन्धी सूचना
- मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट जारी सूचना तथा मतदान अधिकृत र सहायक कर्मचारीहरुको नामावली थप हेर्नुहोस
